
सुरक्षाका लागि भन्दै इजरायलले हरम–अल शरीफ नजिक मेटल डिटेक्टर लगाएको थियो ।
मेटल डिटेक्टर हराएर सुरक्षाका लागि कम बाधा पुग्ने आधुनिक प्रविधि प्रयोग गरिने इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
त्यस ठाउँमा सुरक्षा सतर्कता भने बढाइने बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सुरक्षा क्याबिनेटलाई मेटल डिटेक्टर हटाउने मन्जुरी दिनुभएको हो ।
मुस्लिमहरु यो स्थानलाई हरम–अल शरीफ भन्ने गर्छन् भने यहूदीहरुले टेम्पल अफ माउन्ट भन्ने गरेका छन् ।
यसको स्वामित्वका विषयमा इजरायल र प्यालेस्टाइनबीच विवाद हुँदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्