१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


नेप्से साढे ५ अंक बराबरले ऋणात्मक


0
Shares

काठमाडौं, असार १८ । सोमबार पनि सेयरबजार ओरालो लाग्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ५ अंक बराबरले ऋणात्मक रहेर ११ सय ७९ मा आएर थामियो ।

होटल र विकास बैंक समूह नगन्य अंकले हरियो रहेबाहेक अरु समूह ऋणात्मक रहे । बिमा र जलविद्युत् समूहमा दोहोरो अंकको गिरावट आएपनि अरु समूह सामान्य अंकले रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका ६ लाख ७२ हजार कित्ता सेयर २० करोड ४५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।