५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


खाडी मुलुकको प्रतिबन्ध ५० दिन पुरा, हौसला बढाउँदैछन् कतारबासी


0
Shares

५ जुनमा साउदी अरब, बहराइन, इजिप्ट, संयुक्त अरब इमिरेट्सले कतारमाथि आतंकवादलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै सम्बन्ध तोडेका थिए ।

यसबीचमा विवाद सुल्झाउन विभिन्न प्रयास भए पनि परिस्थिति उस्तै छ । तर अरब मुलुकको नाकाबन्दीमा परेको कतार आफ्नो अडानमा उत्तिकै अडिग छ । नत कतारवासी नै डग्मगाएका छन् ।

खाडी मुलुकले लगाएको प्रतिबन्ध ५० दिन पुरा भएको अवसरमा सामाजिक संजालमा कतारवासीले व्यापक चर्चा गरिरहेका छन् । ट्वीटरमा #FiftyDaysSinceTheSiege ले राम्रै ट्रेन्ड गरिरहेको छ ।

कतारवासीहरु खाडी मुलुकको प्रतिबन्धलाई लिएर सकारात्मक र एकजुट भएकोमा खुशी प्रकट गरिरहेका छन् । (एजेन्सी)