५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


भारतमा पाँचतले भवन भत्किदा तीन जनाको मृत्यु, दर्जनौ पुरिएको आशंका


0
Shares

यस घटनाबाट नौ व्यक्तिलाई उद्धार गरिएको र भवन भग्नावशेषमा पुरिएर दर्जनौ व्यक्ति रहेका उद्धारकर्ताले आशंका गरेका छन् ।

अग्नी नियन्त्रक कार्यायलका एक अधिकारीका अनुसार यस घटनाको उद्वारकार्य लगातार जारी रहेको र करिब तीन दर्जन व्यक्ति अझै भवन भग्नावशेषमा पुरिएका छन् ।

यस घटनामा उद्वार गरिएका नौ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।

के–कति कारणले भवन भत्किएको हो सो कारण हालसम्म पत्ता लागेको छैन । मुम्बइको घाटकोपार क्षेत्रमा रहेको सो पाँच तल्ले भवन भत्किएको थियो ।

भारतमा भवन भत्किनु एक साधारण घटनाका रुपमा रहेको छ । बारम्बार यस्तो घटना भइरहेको पाइन्छ ।

सन् २०१३ मा मुम्बईमा गैरकानूनीरुपमा निर्माण भएको एक भवन भत्किँदा ७४ व्यक्तिको मृत्यु भएको थियो । यसलाई एक दशकभित्रको नै खराव घटनाको रुपमा लिइएको थियो । रासस/सिन्ह्वा/एपी