Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कोरिया भाषा परीक्षामा १२ हजारभन्दा बढी उत्तीर्ण (नतिजा हेर्नुहोस्)


13
Shares

मानव संसाधन विभाग कोरियाले लिएको परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग नेपालअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।

उत्तीर्ण भएका उम्मेदवारले स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदनलगायतमा सफलता प्राप्त गर्नुपर्ने शाखाले जनाएको छ ।

यसरी उत्तीर्ण भएकाहरु कोरिया जाने निश्चित भने हुँदैन । उत्तीर्ण भएकालाई प्रतीक्षा सूचीमा राखी कोरियाबाट आएको मागका आधारमा मात्रै उनीहरुलाई पठाउने गरिन्छ ।

उत्तीर्ण भएकाको नामावली www.epsnepal.gov.np,www.mole.gov.np, www.eps.go.kr मा हेर्न सकिने शाखाले जनाएको छ ।

भाषा परीक्षाका लागि ७५ हजार ६०० जनाले आवेदन दिएकामा गत जेठमा भएको परीक्षमा ६८ हजारमात्रै परीक्षार्थी सहभागी भएका थिए । रासस

नतिजा हेर्नुहोस्