६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


घनले हिर्काउँदा पनि सिसा नफुटेपछि गहना पसल लुट्ने प्रयास असफल (फोटोफिचर)


0
Shares

सीसीटिभी फुटेजमा लुटेराहरुले गहना पसलको सोकेसमा ठूलो घनले प्रहार गरेको देखिन्छ । दुई लुटेराले कयौं पटक घन प्रहार गरे पनि सिसा नफुटेपछि निराश भई उनीहरु त्यहाँबाट फर्किएका छन् । पसलमा लुटपाट गर्नका लागि चार लुटेरा प्रवेश गरेको दृष्य पनि क्यामेरामा कैद भएको छ ।

कालो पोशाकमा हेलमेट लगाएर गएका उनीहरुले गहना लुटपाटका लागि अथक प्रयास गर्दा पनि सफल हुन नसकेको सो दृष्यलाई सामाजिक संजालमा सेयर गरिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार शाह अलाम सहरको केदाई इमास सरी अलाम ज्वेलरी पसलमा सो घटना भएको हो ।

उक्त पसलको फेसबुक पेजमा लुटपाटको प्रयास असफल भएको र गहनाहरु सुरक्षित रहेको जनाइएको छ । यद्यपि सोकेसका सीसामा सामान्य क्षति भएको जनाइएको छ । सोकेस मर्मतका लागि भन्दै दुई साता उक्त पसल बन्द गर्ने सूचना पनि जारी गरिएको छ । 

 पोलिकार्बोनेट लेमिनेटेड उक्त सीसा प्लास्टिक तथा अन्य सीसाको तुलनामा निकै शक्तिशाली हुने भएकाले नै लुटेराहरुको प्रयास असफल भएको हो । (एजेन्सी)