प्रधानमन्त्री नियुक्त भएको डेढ महिनापछि देउवाले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट एकजना गरी १९ जना नयाँ मन्त्रीहरु थपिएका हुन् ।
थप गरिएका मन्त्रीहरुमा कांग्रेसबाट भीमसेनदास प्रधान–रक्षा, वीरबहादुर बलायर–भौतिक पूर्वाधार, यज्ञबहादुर थापा–कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत– सूचना तथा सन्चार, सन्जय गौतम–सिँचाइ, राजन केसी–युवा तथा खेलकुद, मीनबहादुर विश्वकर्मा–वाणिज्य, महेन्द्र यादव–खानेपानी तथा सरसफाइ र अम्बिका बस्नेत–सहकारी तथा गरिबीमन्त्री रहेका छन् ।
यस्तै, माओवादी केन्द्रबाट शिवकुमार मण्डल–आपूर्ति, गिरिराजमणि पोखरेल–स्वास्थ्य, महेन्द्रबहादुर शाही–ऊर्जा, सन्तकुुमार थारु– पशुपंक्षी, आशा खनाल–महिला तथा बालबालिका र टेकबहादुर बस्नेत–सामान्य प्रशासनमन्त्री रहेका छन् ।
त्यसैगरी, नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन र गोपाल दहित–भूमिसुधारमन्त्री बनेका छन् भने नेकपा संयुक्तकी मिथिला चौधरी जनसंख्या तथा वातावरणमन्त्री बनेकी छन् ।
नवनियुक्त मन्त्रीहरुलाई बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथग्रहण गराइन् ।






प्रतिक्रिया दिनुहोस्