Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


विराटनगरमा सडक मर्मतको काम थालियो


0
Shares

विराटनगर महानगरपालिकाले एकैपटक १४ ओटा सडकको स्तरोन्नतिका लागि काम थालेको हो ।

नेपाल सरकारको सघन सहरी विकास कार्यक्रमअन्र्तगत् एक अर्ब रुपैयाँभन्दा बढीको लागतमा सडक व्यवस्थित एवं पुुनःनिर्माण गर्न थालिएको हो ।

नगरभित्रका विभिन्न १४ ओटा सडकलाई विराटनगरकै नमुुना सडक बनाउने गरी काम अघि बढाइएको विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले जानकारी दिए ।

कोइरालाकाअनुसार विभिन्न १० वडामा पर्ने यी सडक कुल २५ किलोमिटर हुनेछ ।

विराटनगर महानगरपालिका कार्यालयकाअनुसार सडकलाई व्यवस्थित एवं विस्तारसँगै दुुबैतर्फ व्यवस्थित नाला र स्तरीय कालोपत्रेसमेत गरिनेछ ।