१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


सरुवा रोगको संक्रमण बढ्दो, बच्ने कसरी ? (भिडियो)


0
Shares

फोहर पानीका कारण झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनिया, एलर्जीलगायतका रोगको प्रकोप बढेको हो ।

प्रदूषित खानेपानीका कारण झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, हेपटाइटिस ‘ए’, हेपटाइटिस ‘सी’को संक्रमण पछिल्लो समय निकै बढेको चिकित्सकहरुको भनाइ छ ।

वर्षायाम सुरु भएसँगै मानिसलाई खानेपानीका कारण विभिन्न रोगको सम्भावना उच्च हुन्छ । त्यसमाथि सडेगलेका खानेकुरा खाने र जथाभावीरुपमा जहाँको पनि पानी प्रयोग गर्नेहरु यस्तो रोगको संक्रमणमा पर्ने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।

उपत्यकामा यस वर्ष बाटो निमार्ण गर्ने नाममा होस् या वा मेलम्चीको पाइपलाइन विस्तार गर्ने नाममा जताततै सडक तथा गल्लीको अवस्था भताभुंग छ भने खानेपानीको पाइपलाइन र ढलको पाइपलाइन मिसिएका कारण खानेपानीमा विभिन्न किटाणुसमेत भेटिएको चिकित्सकहरु बताउँछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं र वातावरण जनस्वास्थ्य संस्थाले संयुक्तरुपमा काठमाडौं, भक्तपुर र ललितपुरमा गरेको खानेपानीको अध्ययनले काठमाडौंमा ६६ प्रतिशत पानीमा ‘कोलिफर्म जीवाणु’ भेटिएको देखाएको थियो ।

यस्तै, ललितपुरमा ५० प्रतिशत तथा भक्तपुरको ७३ प्रतिशत पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएको थियो ।

गर्मीयाममा खानेपानीका कारण विभिन्न रोगहरु देखिने खतरा बढेकाले खानेपानीको अध्ययन गरेको जिल्ला जनस्वास्थ्य कार्यलायका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

सकेसम्म बाहिरका खानेकुरा नखाने र पानी उमालेरमात्र खाने गर्दा पनि यस्ता रोगहरुबाट बच्नसकिने चिकित्सकहरुको सुझाव रहेको छ ।

भिडियो हेर्नुहोस्