Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


विराटनगरको जुटमिल सन्चालनका लागि मर्मत–सम्भार थालियो


0
Shares

तीन महिनाभित्रै मिल सन्चालन गर्ने लक्ष्यसहित काठमाडौंबाट आएको इन्जिनियर सौरभ विष्टको नेतृत्वको प्राविधिक टोलीले बुधबारदेखि मर्मतको काम थालेको जुटमिलका प्रबन्ध निर्देशक निलहरि काफ्लेले बताए ।

उद्योगका अधिकांश मेसिन तथा पार्टपुर्जा काम नलाग्ने अवस्थामा रहेकाले तीनको मर्मत–सम्हार गर्न कम्तीमा १० करोड रुपैयाँ लाग्ने मिल सन्चालक समितिको अनुमान छ ।

उद्योग सन्चालनका लागि आवश्यक ३३ केभीए विद्युत् प्रसारणलाइन नभएको भन्दै भारतको औद्योगिक समूह विनसम इन्टरनेसनलले २०७१ असोज १८ गते मिल बन्द गरेको थियो ।