६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


बलात्कारको बदला बलात्कार ! पञ्चायतको आदेशअनुसार परिवारकै सामू बलात्कार


0
Shares

समाचार एजेन्सीहरुका अनुसार मुजफ्फरावादको राजपुर गाउँमा पञ्चायतको आदेश अनुसार एक १६ वर्षीय किशोरीलाई उनकै परिवारका सामू बलात्कार गरिएको हो ।

पीडित किशोरीका दाजुले केही अघि छिमेकी एक किशोरीलाई बलात्कार गरेको बताइएको छ । सोही अपराधको बदलामा पञ्चायतले बदलास्वरुप बलात्कारीको बहिनीलाई बलात्कार गर्न आदेश दिएको संचारमाध्यमहरुले जनाएका छन् । आफ्नो बहिनीलाई बलात्कार गर्ने आरोपीकी बहिनीलाई बलात्कार गर्न पञ्चायतले आदेश दिएअनुसार पीडितको दाजुले परिवारकै सामू बलात्कार गरेको बताइएको छ ।

मुल्तान मण्डलका प्रहरी प्रमुख अहसान युनिसका अनुसार १८ जुलाईमा भएको सो घटनाका बारेमा प्रहरीले हालसम्म २० जनालाई गिरफ्तार गरेको छ । बलात्कारको आदेश दिने गाउँ पञ्चायतका प्रमुखसहित २० जनालाई गिरफ्तार गरिएको उनले बताए ।

पाकिस्तानका कयौं ग्रामिण इलाकामा पञ्चायतको आदेश पालना गर्ने प्रचलन छ । मानवअधिकारवादीहरुले भने यस प्रकारको व्यवस्थाको विरोध गर्दै आएका छन् । (एजेन्सी)