६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


नितिश कुमार छैठौं पटक बिहारको मुख्यमन्त्री


0
Shares

राजीनामा दिएको भोलिपल्ट नितिशले बिहारको २२ औं मुख्यमन्त्रीका रुपमा पुनः सपथ लिएका हुन् । नितिशसँगै सुशीलकुमार मोदीले उपमुख्यमन्त्रीको सपथ लिएका छन् ।

महागठबन्धनबाट मुख्यमन्त्री बनेका नितिशले लालुप्रसाद यादवको दल राष्ट्रिय जनता दलसँग विवाद भएपछि राजीनामा दिएका थिए ।

यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्यमा खटपट भएपछि हिजो राजीनामा दिएका नितिश कुमारले आजै नयाँ राजनीतिक गठबन्धनका तर्फबाट सरकार गठन गरेका हुन् ।

भारतीय जनता पार्टी भाजपासँग मिलेर सरकार गठन गरेका हुन् । 

बिहारका भाजपा नेता सुशीलकुमार मोदीसहित १ सय ३२ विधायकको समर्थनसहित नितिशकुमारले सरकार गठनको प्रस्ताव गरेपछि उनलाई सरकार गठनका लागि अनुमति दिइएको हो ।

बिहार विधानसभामा नितिश कुमार नेतृत्वको जनता दल युनाइटेडका ७१ विधायक छन् भने भारतीय जनता पार्टीका ५३ र राष्ट्रिय जनता दलका ८० विधायक छन् ।