Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार ५ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमा डडेल्धुराको परशुराम नगरपालिकाका पाँचजना र गन्यापधुरा गाउँपालिकाका एकजना रहेका छन् ।

यस्तै, डोटीको बडीकेदार गाउँपालिकाका चार, कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक, कैलालीको गोदावरी नगरपालिकाका चार, कैलालीकै जानकी गाउँपालिकाका एक र बर्दगोरिया गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा १२ जना र काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा छजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

पछिल्लो २४ घन्टामा सुदूरपश्चिममा १८ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।