Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


‘द्विपक्षीय सम्झौता नभइ कामदार पठाउँदा असुरक्षित अवस्थामा काम गर्न बाध्य’


0
Shares

व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय समितिको बिहीबारको बैठकमा मन्त्री मन्सूरले विदेशमा रहेका नेपाली कामदारले भोग्दै आएका समस्याबारे सम्बन्धित देशका सरकारसँग छलफल गर्ने तयारी भइरहेको जानकारी गराए ।

नेपालमा रेमिट्यान्स भित्र्याउन वैदेशिक रोजगारी उपयुक्त माध्यम भएपनि अझै वैदेशिक रोजगार व्यवस्थित र मर्यादित हुन नसकेको उनले स्वीकार गरे ।

मन्त्री मन्सूरले खाडी मुलुकमा द्विपक्षीय सम्झौता नभइ घरेलु कामदार पठाउँदा नेपाली कामदार असुरक्षित अवस्थामा काम गर्न बाध्य रहेको बताए ।

समितिले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा पुग्नेक्रममा र पुगिसकेपछि पनि श्रमिक ठगिनुपरेको, भनेजस्तो सेवा–सुविधा नपाएको भन्दै द्विपक्षीय श्रम सम्झौता नभएसम्म कामदार नपठाउन निर्देशन दिएको छ ।

समितिका सदस्यहरुले घरेलु कामदार मानसिक र शारीरिक पीडामा विदेशमा काम गर्न बाध्य रहेको भन्दै सुरक्षा सुनिश्चित नभएसम्म खाडी मुलुक र मलेसियामा कामदार नपठाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।