बिहीबार संसद भवन नयाँबानेश्वरमा सभामुख ओनसरी घर्तीले वेबसाइटसँगै मोबाइल एप्स सार्वजनिक गरिन् ।
युनडीपीको सहयोगमा बनाइएको वेबसाइटमा अब संसद बैठक प्रत्यक्ष हेर्न र सुन्न सकिनेछ ।
वेबसाइटको सुरुआत गर्दै सभामुख घर्तीले संसद सचिवालयले आफ्नै भवन बनाउने र रेडियो तथा टेलिभिजन पनि सन्चालनको लक्ष्य लिएको जानकारी दिइन् ।
सभामुख घर्तीले आगामी माघ ७ गतेअघि नै नयाँ संसदको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था रहेपनि त्यसअनुसार कानुनहरु निर्माणमा ढिलाइ भइरहेको पनि बताइन् ।






प्रतिक्रिया दिनुहोस्