
सिरियाको पूर्वी प्रान्त ‘देइर अल जोउर’मा भएको हवाई कारबाहीमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले जानकारी दिएको छ ।
यस अक्रमणमा १८ वर्ष मुनिका पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य चार महिलाको समेत मृत्यु भएको सो अधिकारवादी संस्थाले जानकारी दिएको छ ।
त्यसैगरी, उत्तरी सहर राक्कामा बुधबार (हिजो) नै भएको अर्को हवाई आक्रमणमा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको थियो । यी हवाई आक्रमणहरु अमेरिका आवद्ध थियो या रुस सो भन्ने बारेमा केही स्पष्ट भएको छैन । रासस÷सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्