
बारा । बारामा हिजो भएको सवारी दुर्घटनामा गम्भीर घाईते भएका प्रमुख जिल्ला अधिकारी(सीडीओ) गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा गरेको वनभोज कार्यक्रममा सहभागी भएर फर्किएको बा १ झ १६३३ नम्बरको स्कार्पियो जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि प्रजिअ भट्टराईलाई वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि आज हेलिकोप्टरबाट काठमाडाँै ल्याई ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ ।
उनको टाउकोमा गम्भीर चोट लागेपछि हिजै शल्यक्रिया गरिएको थियो ।
उनी सवार स्कार्पियो ट्याक्टरसँग ठक्कर खाँदा सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो ।
दुर्घटनामा घाइते भएकाहरुमा सशस्त्रका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् । ।
प्रतिक्रिया दिनुहोस्