उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंकले सकारात्मक रहेर १६ सय ४६ दशमलव पाँच तीन कायम भयो ।
आधाभन्दा बढी समूह हरियो रहेसँगै नेप्से पनि सकारात्मक रहेको हो । उत्पादनमूलक समूह ५४ अंकले उकालो लाग्यो । विकास बैंक समूह २२ अंकले सुधारियो । अरु समूह सामान्य अंकले हरियो रहेका हुन् ।
बिमा, जलविद्युत् र वित्त समूह भने ओरालो लागे । बिमा समूहमा १ सय ६० अंकको गिरावट आयो भने जलविद्युत् समूह २१ अंकले ओर्लियो । कारोबार भने यसदिन पनि उच्च रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५० कम्पनीको १८ लाख ५३ हजार कित्ता सेयर १ अर्ब १७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्