सरकारको ध्यान ऊर्जा उत्पादनमा हुने भन्दै ट्रान्समिसन लाइन मर्मत र काम गर्दा केही समय विद्युत् कटौती भएपनि लोडसेडिङ चाँही नहुने उनले दाबी गरेका हुन् ।
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री शाहीले लोडसेडिङ अन्त्य गरेरमात्रै नहुने भन्दै विद्युत् उत्पादनमा पनि जोड दिनुपर्ने उल्लेख गरे ।
उनले बूढीगन्डकी जलविद्युत् परियोजनाको काम सन्तोषजनक नभए ठेक्का सम्झौता रद्द गर्ने चेतावनी पनि दिए ।
बूढीगन्डकी आयोजनाका लागि १६ अर्ब रुपैयाँ मुआब्जा रकम निकासा भइसकेको र १० अर्ब निकासाको तयारीमा रहेको उनले जानकारी गराए ।
स्वदेशी लगानीलेमात्रै मागअनुसार विद्युत् उत्पादन हुन नसक्ने भन्दै उनले आवश्यकताअनुसार विदेशी लगानीलाईसमेत प्रोत्साहन गर्ने बताए ।
यस्तै, एक साताभित्र विद्युत् महसुल अनलाइनबाट ‘पेमेन्ट’ गर्नसक्ने व्यवस्था मिलाइने पनि मन्त्री शाहीले बताए ।









प्रतिक्रिया दिनुहोस्