बोइङ बिक्रीका लागि निगमले गरेको तेस्रोपटकको सूचनापछि नेपाली पाँच र बाँकी अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिएका हुन् ।
निगमको विमान लिलाम बिक्रीका लागि तेस्रोपटक गत साउन ५ गते एक साताभित्र सम्पर्क गर्न सूचना जारी गरेको थियो ।
लामो समयसम्म कुनै आवेदन नपरेपछि निगमले योपटक विमान कम्पनीबाहेक एजेन्ट कम्पनीले पनि आवेदन दिनसक्ने भनेर सूचना जारी गरेअनुरुप सात कम्पनीले आवेदन दिएको निगमले जनाएको छ ।
कम्पनीले निगमलाई सम्पर्क गर्ने म्याद बिहीबार सकिएको र आवेदन दिएका सात कम्पनीमध्ये एक कम्पनी छिट्टै छनोट हुने निगमका प्रवक्ता वीरेन्द्र श्रेष्ठले राससलाई जानकारी दिए ।
‘आवेदन दिएका कम्पनीमध्ये एक/दुई दिनभित्रै छनोट गरी लिलाम प्रक्रिया अघि बढाइनेछ’–उनले भने ।
निगमकाअनुसार आवेदन दिने सातमध्ये दुई अन्तर्राष्ट्रिय कम्पनी छन् । आवेदन दिने अन्तर्राष्ट्रिय कम्पनी अमेरिकाको फ्लोरिडास्थित एभिएसन सिस्टम इकर्पोरेसन र इजरायलको एपीएस एअरपार्ट्स सर्भिसेज एन्ड सप्लाइज छन् ।
स्वदेशी कम्पनी तथा व्यक्तिमा हिमालय एभिएसन कन्सल्ट्यान्ट तिलगंगा, टीबीआइए ग्रुप नेपाल गैह्रीधारा, जनार्दनमान डंगोल सानेपा, बीबी एअरवेज नागपोखरी र अनु मानन्धर नयाँबानेश्वर रहेका छन् ।
उक्त बोइङ दुई वर्षदेखि ग्राउन्डेड थियो । सन् १९८७ को सेप्टेम्बरमा निर्माण भएको यो विमान अहिलेसम्म ८६ हजार ४१० घन्टा उडेको छ ।
निगमको अर्को बोइङ कलसाइन ९ एनएसीबी मर्मतका लागि दुई साताअघि सिंगापुर लगिएको थियो ।
अब निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई एअरबस ए ३२० छन् । निगमले ८ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस









प्रतिक्रिया दिनुहोस्