६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


बोको हरामको आक्रमणमा ५० जना मारिए


0
Shares

नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यको मागुमेरी क्षेत्रमा एउटा तेल अन्वेषण टोलीलाई लक्षित गरी थापिएको विद्युतीय धराप विष्फोटमा ५० जना मारिएका हुन् ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

गत मंगलबार भएको घटना ढिला गरी सार्वजनिक भएको हो ।

नाईजेरियाको राष्ट्रिय पेट्रोलियम संस्थानको विज्ञ टोलीलाई सुरुमा अपहरण गर्ने प्रयास गरिएको र त्यो प्रयास सम्भव नभएपछि धरापमा पारिएको बुझिएको छ । घटनाको विस्तृत विवरण प्राप्त हुन नसके पनि मृतकको संख्या अझै धेरै हुनसक्ने बताइएको छ । (एजेन्सी)