किसानले अम्रिसोको व्यावसायिक खेती गरेपछि जैविक प्रविधिद्वारा नदी तथा खोला नियन्त्रण गर्न सहयोगसमेत पुगेको छ । त्यसैगरी कुचो बिक्री गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन् भने अम्रिसोको घाँसले बाख्रापालन व्यवसायमा समेत सहयोग पुगेको छ ।
सिन्धुलीका अमले, बस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरीका किसानले अम्रिसोको फूलबाट कुचो बनाएर बिक्री गरी वार्षिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी गर्दैै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्