६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


सिरियाली विद्रोहीलाई अमेरिकाको आग्रह– आइएसलाई निशाना बनाऊ


0
Shares

अमेरिकी सेनाको मुख्यालय पेन्टागनका प्रवक्ताले सरकारसँग नभई आइएसलाई निशाना बनाउन सिरियाली विद्रोही समूहलाई अपील गरेका हुन् । उनले सिरिया र इराकमा अमेरिकाको निशाना आइएस भएको प्रष्ट पारेका छन् ।

अमेरिकी भनाइ सार्वजनिक भएपछि सिरियाली गठबन्धन सेनाका प्रवक्ता कर्नेल रायन डिलनले आफ्नो सेनाले आईएसविरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच सिरियाली सेनाले विद्रोही गुटको सैन्य अड्डा छाडेको छ । सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध लड्नका लागि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सिरियाली बिद्रोही समूहलाई हतियार समेत उपलब्ध गराएका थिए । (एजेन्सी)