Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सरकारमा सहभागितासम्बन्धी अध्याय सकियो : राप्रपा


0
Shares

राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा शुक्रबार बसेको पदाधिकारी बैठकले वर्तमान सरकारमा राप्रपा सहभागी हुने अध्याय नै समाप्त भएको प्रष्ट पारेको हो ।

सो पार्टीले वर्तमान सरकार मधेशको समस्या समाधान गर्न र संविधानको कार्यान्वयन गर्न गम्भिर नदेखिएको भन्दै चिन्ता प्रकट गरेको छ ।

बैठकले प्रदेशस्तरीय परिषद (अधिवेशन) भाद्र महिनाभित्र आयोजना गरिसक्ने निर्णय पनि गरेको छ । जसअनुसार १ नं. प्रदेशको झापा, ३ नं. प्रदेशको हेटौंडा, ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको नेपालगञ्ज, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको कञ्चनपुरमा प्रदेशस्तरीय परिषद आयोजना गरिने जनाइएको छ । २ नं. प्रदेशको सन्दर्भमा सो प्रदेशको स्थानीय तहको निर्वाचनपछि प्रदेशस्तरीय परिषद आयोजना गरिने निर्णय पनि बैठकले गरेको छ ।