Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पाँचथरमा टाटासुमो दुर्घटना, १४ जना घाइते, तीनको अवस्था गम्भीर


0
Shares

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

सदरमुकाम फिदिमदेखि मेमेङतर्फ जाँदै गरेको मे१ज १८९२ नम्बरको टाटासुमो विपरीत दिशाबाट आइरहेको गाडीलाई साइड दिनेक्रममा सडकदेखि करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नकुल पोखरेलले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ भने केहीलाई जिल्लाबाहिर लैजान रिफर गरिएको छ ।