२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


गाउँमै नागरिकता पाएपछि गाउँले हर्षित


0
Shares

पाँचथर । नागरिकलाई घरदैलौमै सेवा प्रवाह गर्ने उद्देश्यले पाँचथरको तुम्बेवा गाउँपालिकामा शिविर सञ्चालन गरी नागरिकता प्रदान गरिएको छ ।

३ दिनसम्म सञ्चालन भएको शिविरमा २ सय २२ वटा नयाँ र ६५ वटा प्रतिलिपी नागरिकता प्रदान गरिएको हो ।

इलाका प्रशासन कार्यालय रविको टोली र तुम्बेवा गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरबाट धेरै सेवाग्राही लाभान्वित भएका छन् ।

रवि पुगेर नागरिकता बनाउँदा ४ हजार रुपैयाँ खर्च लाग्ने तथा पुराना, च्यातिएका र हराएका नागरिकता गाउँमै बनाएर राहत दिने उद्देश्यले शिविरमार्फत् नागरिकता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताए ।