१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैपटकमा ? जटिलता के–के ? (भिडियो)


0
Shares

निर्वाचन कानुन र दलहरुको प्रतिबद्धता भए दुबै निर्वाचन एकैपटक गर्न आयोग सकारात्मक देखिएको हो ।

प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटकमा सम्पन्न गर्न निर्वाचन कानुन र दलहरुबीच सहमतिको खाँचो देखिएको छ ।

अहिलेकै अवस्थामा भने एकै चरणमा चुनाव गर्न जटिल हुने निर्वाचन आयोगको भनाइ छ ।

नयाँ कानुन नबनाइ एकैपटक निर्वाचन गराउँदा प्रत्यक्ष र समानुपातिक गरी ४/४ ओटा मतपत्र र ब्यालेट बक्स हुने भएकाले मतदातालाई मतदान गर्न अप्ठ्यारो पर्नेमात्र होइन, निर्वाचनमा प्राविधिक जटिलतासमेत उत्पन्न हुने निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन एकैपटकमा गर्न आयोगसमक्ष प्रस्ताव गरिसकेका छन् । यस विषयमा आयोगमा छलफल भइरहेको आयोगको भनाइ छ ।

प्रदेश र प्रतिनिधिसभाका लागि एक/एकओटा मतसम्बन्धी कानुन र उम्मेदवारहरुले प्राप्त गरेको मतलाई नै समानुपातिकमा समेट्न दलहरुबीच सहमति भए आयोग एकैपटकमा निर्वाचन गराउन सकारात्मक हुने पौड्यालको भनाइ छ ।

भिडियो हेर्नुहोस्