३० असार २०८२, सोमबार | Mon Jul 14 2025


उत्तर कोरियाली नेताको दाबी– ‘हाम्रो क्षेप्यास्त्रले अमेरिका नष्ट हुन सक्छ’


0
Shares

उत्तर कोरियाली संचारमाध्यमका अनुसार त्यहाँका सर्वोच्च नेता किम जोङ्ग उनले भने, ‘यो क्षेप्यास्त्रको सफल परीक्षणले अब पुरा अमेरिका हाम्रो निशानामा रहने प्रमाणित भएको छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण गरिएको विषयमाथि प्रतिक्रिया जनाउँदै ‘निकै लापरवाहीपूर्ण र खतरनाक कदम’ भनेका छन् ।

उत्तर कोरियाली संचारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्रले करिब ४७ मिनेटसम्म आफ्नो गति कायम राखेको थियो । यो क्षेप्यास्त्र तीन हजार सात सय २४ किलोमिटर माथिसम्म पुगेको बताइएको छ ।

उत्तर कोरियाको सरकारी समाचार समितिले भनेको छ, ‘देशका सर्वोच्च नेताले अब अमेरिका पूर्ण रुपमा उत्तर कोरियाको निशानामा रहेको प्रतिक्रिया दिनु भएको छ ।’

उक्त क्षेप्यास्त्र परीक्षणको केही मिनेटमै अमेरिका, जापान र दक्षिण कोरियाले यसको लोकेशन, रेन्ज र फ्लाइट टाइमबारे जानकारी सार्वजनिक गरेका थिए । तर कसैले पनि यसको विस्तृत विवरण भने दिएका छैनन् ।

उत्तर कोरियाले यस वर्षमात्र १४ क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । (एजेन्सी)