
फाइल फोटो
अरु चार जनालाई भने अझैपनि जेल मै राखिएको छ र चाँडै नै छाडिने अनुमान गरिएको छ ।
इस्तानबुलको एक अदालतले सुनवाइको क्रममा उनीहरुलाई जेलमुक्त गर्न शुक्रबार (हिजो) आदेश दिएपछि सरकारले शनिबार (आज) उनीहरुलाई छाडिदिएको हो ।
टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगानको शासनकालमा प्रेस स्वतन्त्रता देखाउन उनीहरुलाई जेलमुक्त गरेपनि अत्यन्त चर्चित पत्रकारहरु भने अझैपनि जेलमै रहेका छन् ।
पत्रकारहरुले राष्ट्रपति एर्डोगानका विरुद्धमा केही आवाज उठाएका थिए । जेलमुक्त भएका पत्रकार अदालतको निगरानीमा रहने छन् । उनीहरुले अधिकारीहरुलाई नियमितरुपमा जानकारी गराइ रहनुपर्ने भएको छ ।
रिहा भएका सात जनामध्ये एकजना चर्चीत कार्टुनिष्ट मुसा कार्ट पनि रहेका छन् ।
‘हामीलाई माया गर्ने आफन्त, सुबेच्छुक र हाम्रो कामबाट हामीलाई केही समय टाढा राखिएको हो,’ जेलमुक्त भएपछि कार्टले भने, ‘मलाई विश्वास गर्नु की जेलमा बसेको अवधिमा हामीले कुनै घृणा सहनु परेन, कुनै सत्रुतापूर्ण व्यवहार पनि भएन, तर पनि यस्तो सोचाईले हामी बाँच्न सक्दैनौ ।’
उनी बाहेक जेलमुक्त हुनेमा अतिरिक्त सम्पादक तुर्हान गुनाय र पत्रिकाका कानुनी प्रवन्धक रहेका छन् । उनीहरु २७१ दिन जेल परेका हुन् ।
टिप्पणीकार काद्री गुर्सेल, अनुसन्धान पत्रकार अहमेत सिक, पत्रिकाका प्रधान सम्पादक मुरात साबुन्कु र कार्यकारी प्रमुख अकिन अतालायगरी चार जना भने अहिले पनि जेलमै रहेका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्