शनिबार नेपाली कांग्रेस बर्दिवासनगर कमिटीले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेसमा वर्षेनि हुँदै आएको खानेपानीको समस्या निराकरण गर्नका लागि आफू तत्पर रहने स्थानीयवासीलाई विश्वास दिलाए ।
मन्त्री भएर पहिलोपटक गृहजिल्ला धनुषा जानेक्रममा बर्दिवासमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको नजर प्रदेश नम्बर–२ को स्थानीय तहको तेस्रो चरणको चुनावमा केन्द्रित रहेको बताए ।
उनले आगामी असोज २ गते हुने तेस्रो चरणको चुनावमा नेपाली कांग्रेस २ नम्बर प्रदेशमा प्रथम स्थान हासिल गरेर देशकै पहिलो पार्टी बन्ने दाबी गरे । रासस





प्रतिक्रिया दिनुहोस्