फाइल फोटो
बागलुङमा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङ शाखाको प्रथम जिल्ला अधिवेशनमा उनले मोबाइलबाट मन्तव्य राखे ।
शनिबार दिउँसो करिब ५ मिनेट काठमाडौंबाटै अधिवेशनलाई सम्बोधन गरेका मन्त्री शर्माले स्वाधिन अर्थतन्त्रका लागि उद्योग, व्यापारको विकासमा जोड दिए ।
उनले मुलुकको आर्थिक समृद्धिका लागि जल, जमिन, जंगल र जनश्रमलाई अधिकतम् उपयोग गर्नुपर्ने बताए । ‘अर्थतन्त्रलाई सुदृढ र स्वाधिन बनाउनसकेमात्र मुलुक अघि बढ्छ’–गृहमन्त्री शर्माले भने ।
‘मुलुक राजनीतिक परिवर्तन हासिल गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ’–मन्त्री शर्माले भने–‘राष्ट्रिय पुँजी र स्वाधिन अर्थतन्त्र निर्माणका लागि सबै लाग्नुपर्नेबेला आएको छ ।’
उनले आउँदो १५ वर्षभित्र मुलुक आर्थिक विकासको नयाँ चरणमा पुग्नेसमेत दाबी गरे ।
अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्ने बागलुङ शाखाका संयोजक रतन मलेपतिले जानकारी दिए ।
अधिवेशनमा जिल्लाका १० ओटै स्थानीय तहबाट २०० भन्दा बढी प्रतिनिधि सहभागी छन् । रासस









प्रतिक्रिया दिनुहोस्