Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


पाँच अर्ब बढीको कारोबार


0
Shares

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ११ अंकले बढेर अन्तिम दिन १६ सय ४६ अंकमा पुग्यो । गत साता नेप्से ५२ अंकले बढेको थियो ।

यो साता पनि बिमा समूहमा सबैभन्दा उच्च ४ सय ७ अंकको उच्चवृद्धि आयो । वाणिज्य बैंक, जलविद्युत् र अन्य समूहमा भने गिरावट आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७० कम्पनीहरुको पाँच अर्ब ५३ करोड १८ लाख रुपैयाँ बराबरका ९० लाख ५८ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ६५ कम्पनीहरुको चार अर्ब ७३ करोड ८२ लाख रुपैयाँ बराबरका ८७ लाख ५३ हजार कित्ता सेयरहरु–खरिद बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा करिब १७ प्रतिशतले बढी हो ।

यो साता कारोबार रकमको आधारमा प्रभु इन्स्योरेन्स, कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी र कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहे ।

कारोबार रकमकै आधारमा प्रभु इन्स्योरेन्सलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा कम्पनी लिमिटेड संस्थापक, नेपाल इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।