
समितिले आज प्रमुख निर्वाचन डा. अयोधीप्रसाद यादवसँग प्रदेश र संघीय संसदको निर्वाचन र त्यसमा समावेशी सहभागिताका विषयमा छलफल गरेको हो ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त डा.यादवले स्थानीय तहको तेस्रो चरणको निर्वाचन र अन्य दुई निर्वाचनको कामलाई तिव्रता दिइएको बताए ।
उनले प्रदेश सभा सदस्य निर्वाचन कानुन, प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल उपलब्ध गराउनुपर्ने आवश्यक रहेको बताए ।
समितिका सदस्यहरुले निर्वाचन आयोगको तयारीबारे विभिन्न जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्