पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार हालसम्म पूर्वमा ५३ प्रतिशत मात्रै रोपाईं सकिएको छ ।
गतवर्ष यो बेलासम्ममा ६७ प्रतिशत रोपाइँ भएको थियो । तत्काल वर्षा नभए पूर्वाञ्चलको धान उत्पादन गतवर्षको तुलनामा २५ प्रतिशतले घट्ने कार्यालयले अनुमान गरेको छ ।
पानी नपरेपछि एकातर्फ किसानले रोपाइँ गर्न पाएका छैनन् भने अर्कोतर्फ रोपेको धान पनि खडेरीले सुकेको छ ।
ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथुमलगायतका जिल्लामा साउन मध्य भईसक्दासमेत आधा क्षेत्रफलमा मात्र रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयहरुले जनाएका छन् ।
पर्याप्त वर्षा नभएपछि रोपाई प्रभावित हुनुका साथै ब्याडमै बीउ सुक्ने र रोपेको धान पनि सुक्ने समस्या देखिन थालेको छ ।
क्षेत्रिय कृषि निर्देशनालयका अनुसार पूर्वमा धान रोपाइँ हुने कुल ४ लाख ७८ हजार हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख ४३ हजार हेक्टरमा मात्रै रोपाइँ सकिएको छ ।









प्रतिक्रिया दिनुहोस्