संसदको आइतबार बसेको बैठकमा गृहमन्त्री जनार्दन शर्माले पेश गरेको विधेयक बहुमतले पारित गर्दै दफावार छलफलका लागि पठाइएको हो ।
त्यसअघि बोल्दै नेकपा मालेका सांसद अइन्द्रक्रिम नेम्वाङ्गले दुईवटा विधेयकले अधिकांश साना दलहरुको अस्तित्व समाप्त हुने बताए ।
बैठकमा नेमकिपाका सांसद अनुराधा थापामगरले अमेरिका भारत र चीनमा तनाब बढाएर एसियामा तेस्रो विश्व युद्ध गराउन उद्यत भएको आरोप लगाइन् ।
त्यस्तै एमाले सांसद रविन्द्र अधिकारीले पुनर्निर्माण राम्रोसँग नभएको गुनासो गरे भने माओवादी सांसद अग्नि सापकोटाले तातोपानीमा तत्काल बेलीब्रिज निर्माण गर्नुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्