
चिनियाँ सैन्य दिवसका अवसरमा राष्ट्रपति जिनपिङले भने, ‘हाम्रो सेनाले कुनै पनि आक्रमणलाई पराजित गर्न सक्छ ।’
चिनियाँ सेनाको ९० औं स्थापना दिवसका अवसरमा एक परेड आयोजना गरिएको छ । राष्ट्रपति जिनपिङले परेड अवलोकनसमेत गरे ।
सो अवसरमा जिनपिङले सेनाको लडाकुपन बढाउन र सेनामा सुधार तथा आधुनिकिकरणमा जोड दिएका थिए । ‘इतिहासले प्रमाणित गरेको छ, चिनियाँ सेना बहादुर छ र देशको निर्माणका लागि लड्छ,’ उनले भने, ‘सबै आक्रमणकारी दुश्मनलाई पराजित गर्न र चीनको राष्ट्रिय सम्प्रभुता रक्षाका लागि कृतसंकल्प र सक्षम छ ।’ (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्