Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


आइतबार ३ अंक बढीले शेयर बजार ऋणात्मक


0
Shares

उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंक बढीले ऋणात्मक रहेर १६ सय ४३ कायम भएर थामियो । कारोबार भएका मध्ये बढीजसो समूह रातो रहेसँगै नेप्से ऋणात्मक रहेको हो । बीमा, जलविद्युत, वाणिज्य बैंक, वित्त र अन्य समूह ओरालो लागे ।

बीमा समूहमा ८१ अंकको गिरावट आयो भने अरु समूह सामान्य अंकले रातो रहेका हुन् । होटल, उत्पादनमूलक र विकास बैंक समूहमा भने सुधार आयो । होटल समूहमा ४७ अंकको सुधार आयो । उत्पादनमूलक समूह पनि ३१ अंकले उकालो लाग्दा विकास बैंक समूह पनि दोहोरो अंकले सकारात्मक रह्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीको १७ लाख ७२ हजार बराबर कित्ता शेयर ९७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।