Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


साताको पहिलो दिन सुनको मूल्य ४ सयले उकालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले उकालो लागेर ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला १ सयले ओरालो लागेर ५४ हजार ४ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ७ सय ४५ मा कारोबार भएको महासंघले जनाएको छ ।