Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


पानामा पेपर काण्डमा मुछिएका नेपालीको अनुसन्धान हुँदै


0
Shares

                                    सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रवक्ता बिनोद लामिछाने

एक वर्ष अघि सार्वजनिक भएको पनामा पेपर काण्डलाई आधार बनाएर शरीफविरुद्ध पाकिस्तानको अदालतमा मुद्धा पर्‍यो, जसमा आफू दोषी नरहेको प्रमाणित गर्न शरीफ असफल भएपछि प्रधानमन्त्रीको पद त्याग्न बाध्य हुनुपर्‍यो ।

एक वर्षअघि पनामा पेपर काण्डमा नेपालीको नाम पनि सार्वजनिक भएको थियो । सार्वजनिक दस्तावेजमा सात नेपालीले ट्याक्स हेभेनमा रकम थुपारेको सार्वजनिक भएपछि सम्पत्ति शुद्धिकरण विभागका उपमहानिर्देशकको संयोजकत्वमा अध्ययन गर्न समिति गठन भएको थियो । उक्त समितिले प्रतिवेदन पनि बुझाइसकेको छ ।

सोही प्रतिवेदनका आधारमा विभागले छानविन गरिरहेको जनाएको छ । तर, एक वर्षको अवधिसम्म पनि छानविन सम्पन्न हुन सकेको छैन । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रवक्ता बिनोद लामिछाने यो विषयमा अनुसन्धान भईरहेको र निष्कर्षमा पुग्न यति नै समय लाग्ने भन्न नसकिने बताउँछन् ।

सुरुमा ७ जनाबाट अनुसन्धान थालिएकोमा हाल २० जना पुगेको विभागले जनाएको छ । पानामाको एउटा अति गोप्य कानुनी कम्पनी मोस्याक फोन्सेकाले झण्डै १ करोड १० लाख दस्तावेज सार्वजनिक गरेको थियो ।

Skip This