३० असार २०८२, सोमबार | Mon Jul 14 2025


उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका पनि प्रतिरोधी प्रणाली परीक्षण गर्दै


0
Shares

अमेरिकाका अनुसार कोरिया प्रायद्वीपमा बम खसाल्न प्रयोग गर्ने आफ्ना लडाकु विमान ‘बी–१’ लाई पनि अभ्यासका क्रममा उडाइएको छ । अमेरिकाको यो कदमलाई उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जवाफका रुपमा हेरिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार अमेरिकी वायुसेनाका तर्फबाट परीक्षण स्वरुप फायर गरिएको क्षेप्यास्त्रलाई अलास्कामा रहेको टर्मिनल हाइ एटिच्यूड एसिया डिफेन्स (थाड) को युनिटले सफलतापूर्वक रोकेको जनाइएको छ ।

यसका साथै दक्षिण कोरिया र जापानी लडाकु विमानसँगै अमेरिकाले बम खसाल्ने क्षमताका ‘बी–१’ लडाकु विमानलाई अभ्यासका क्रममा उडाएको छ ।

उत्तर कोरियाले शुक्रबार अन्तरमहाद्वीप ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्रले अमेरिकालाई नष्ट गर्ने क्षमता राख्ने उत्तर कोरियाको दाबी थियो । (एजेन्सी)