पूर्णगाउँमा कुक र होमस्टे व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन भएपछि यहाँका प्रत्येक घरमा होमस्टेको सुविधा उपलब्ध हुन थालेको हो ।
गाउँमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई पारिवारिक वातावरणमा खान र बस्ने सुविधा उपलब्ध गराउने उद्देश्यले समुदायको सकृयता, संगम म्याग्दी र लघुउद्यम विकास कार्यक्रमको सहयोगमा कुक तथा होमस्टे तालिम प्रदान गरिएको थियो ।
तालिमपछि यहाँका ५५ भन्दा बढी घरमा होमस्टेको सुविधा रहेको स्थानीय पदम शेरपूजाले जानकारी दिए ।
समाजसेवी महावीर पुनको सकृयतामा ग्रामीण पर्यटनलाई प्रर्बद्धन गर्न यो क्षेत्रमा नयाँ पदमार्गसमेत निर्माण गरिएको छ ।
गलेश्वरबाट सुरु हुने नयाँ पदमार्ग बाँसखर्क, डाँडाकटेरी, नागी, हम्पालडाँडा, महरेडाँडा, टिकोट, खिवाङ हुँदै घोरेपानी, पुनहिल भएर खोप्रा, पाउद्धार, भुरुङ तातोपानीसम्म तोकिएको छ ।









प्रतिक्रिया दिनुहोस्