Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


आर्सनलले जित्यो इमिरेट्स कप फुटबलको उपाधि


0
Shares

आइतबार राती भएको खेलमा स्पेनको सेभियासँग २÷१ ले पराजित भए पनि समग्रमा बढी गोल गरेको आधारमा आर्सनल च्याम्पियन बनेको हो ।

चार टोली सहभागी इमिरेट्स कप फुटबलमा आर्सनलले बेनिफीकालाई ५-२ ले हराएको थियो भने सेभियाले जर्मनीको आरबी. लेबजीगलाई १÷० ले हराएको थियो ।

सेभियाले दुवै खेल जिते पनि आर्सनलको भन्दा कम गोल गरेका कारण उपाधि जित्न नसकेको हो । ईमिरेट्स कप फुटबलमा हरेक गोलको एक अंक दिने चलन छ ।

यसरी दुई–दुई वटा खेलको समाप्तिमा सर्वाधिक अंक पाउने टोलीले उपाधि जित्ने व्यवस्था अनुसार आर्सनल च्याम्पियन बनेको हो ।