Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारुढ दलबीच सहमति


0
Shares

दुबै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो ।

प्रदेश न–२ बाहेकका प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सबै जिल्लामा जिससको निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेसले आगामी असोज २ गते प्रदेश नम्बर–२ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि आवश्यकताअनुसार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नीति लिएको छ ।

यसअघि सम्पन्न दुई चरणका स्थानीय तहको निर्वाचनमा पनि दुबै दलबीच कतिपय स्थानमा चुनावी तालमेल भएको थियो ।

बैठकमा कांग्रेस नेताहरु निधि, डा. रामशरण महत र रमेश लेखक तथा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन सहभागी थिए । रासस