६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


‘विमान खसाल्न विषाक्त ग्याँस वा बम प्रयोग गर्ने तयारी थियो’


0
Shares

उक्त बम अपहरणगरी खसाल्ने योजना बनाएका उनीहरुसँगको बयानमा प्रहरीले उक्त तथ्य पत्ता लागेको जनाएको छ । त्यसमा संलग्न भएको आशंकामा सिड्नी क्षेत्रबाट कैयौँलाई पक्राउ गरेको छ ।

गत आइतबार बिहान प्रहरीले चार जनालाई गिरफ्तार गरेको जनाएको थियो । उनीहरुले यसरी विमान खसाल्ने योजना बनाएको तथ्य खुलेको प्रहरीलाई उद्धृतगर्दै अष्ट्रेलियाली पत्रिकाले सोमबारै (हिजो) जनाएका छन् ।

यस विषयमा अनुुसन्धान सुरु गरिएको र अनुसन्धानकर्ताले उक्त हमलाको तयारीमा विस्फोटक सामग्रीको प्रयोग गर्ने योजना बनाइएको थाहा भएको बताएका थिए ।

पक्राउ परेकामध्येका दुई जना लेबनानी मूलका अष्ट्रेलियन नागरिक हुन् । उनीहरुका बुबा अष्ट्रेलियाली र आमा लेबनानी रहेका छन् । पक्राउ परेका मध्येका दुई जनाले सो खुलासा गरेका छन् ।

उक्त आतंकवादी हमलाको योजना प्रहरीले आइतबार बिहानै असफल बनाएको जनाएपछि अष्ट्रेलियाका सबै विमानस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

प्रहरीले विस्फोटक सामाग्रीको प्रयोग गरी विमानलाई खसाल्न लागिएको सूचनाका आधारमा गरिएको खोजीमा उक्त खतरनाक योजनाको पर्दाफास भएको जनाएको थियो । सोमबार पनि सुरक्षा व्यवस्था निकै नै कडा पारिएको जनाएको छ ।

अष्ट्रेलियाली सरकारले आतंकवाद विरोधी कारबाही अन्तर्गत सो योजना विफल बनाउन प्रहरी सफल भएको भन्दै अब विमानस्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइने सोमबार (हिजो) नै बताएको थियो ।

भारी हातहतियारले सु–सज्जित प्रहरी र अष्ट्रेलियाको घरेलु गुप्तचर निकायका सदस्यहरुले सिड्नीका विभिन्न ठाउँमा छापा मारेर कैयौं व्यक्ति पक्राउ गरेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

अष्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त समाचारहरुमा सिड्नी सहर र यहाँका विमानस्थलमा थप सुरक्षाकर्मी बढाइएको छ । सरकारले यात्रुहरुलाई धैर्य धारण गर्न र हतास नभई यात्रा गर्न आग्रह गरेको छ । रासस/एएफपी