६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


भारतको उडिसामा चट्याङ लागेर ११ जनाको मृत्यु


0
Shares

उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको मृत्यु भएको हो ।

चट्याङ परेर मरेका यी व्यक्तिहरू प्रायः धान खेतमा काम गरिरहेका थिए । वर्षात् जारी रहेपनि उनीहरू काममा थिए । सोही क्रममा चट्याङ परेको थियो ।

भारतको राष्ट्रिय दैवी प्रकोप विभागका अनुसार सन् २००५ यताको तथ्यांकमा भारतमा प्रत्येक वर्ष करिब दुई हजार व्यक्तिको मृत्यु चट्याङकै कारणले हुने गरेको देखाएको छ । रासस/सिन्ह्वा