६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


इराकी दूतावासमा आक्रमण, चार जना आक्रमणकारी मारिए


0
Shares

सोमबार (आज) बिहान गरिएको उक्त आक्रमणमा एकजनाले आत्मघाती बम्ब विस्फोट गराएपछि अन्य तीनजना इस्लामिक लडाकुले दूतावासभित्र पसेर आक्रमण गरेका हुन् ।

बन्दुकधारी इस्लामिक लडाकु र अफगानिस्तान सुरक्षाबलबीच करिव चार घन्टा दोहोरो भिडन्त भएको र चारै जना सुरुक्षा कारबाहीमा मारिएको अफगानिस्तान आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार घटना लगत्तै दूताबासमा रहेका कर्मचारीलाई सुरक्षित रुपमा बाहिर निकालिएको र एकजना सैनिक सामान्य घाइते भएको उल्लेख गरेको छ ।

इराकी दूतावासले मोसुल शहरमा इस्लामिक स्टेट्समाथि जीतको खुशियाली मनाएको एकसातापछि पहिलोपटक दूतावासमा आक्रमण भएकोे बीबीसीले उल्लेख गरेको छ ।