६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपति मडुरालाई ‘तानाशाह’को संज्ञा, व्यापारमा प्रतिबन्ध


0
Shares

आइतबार सम्पन्न विवादास्पद संविधानसभा निर्वाचनलाई लज्जास्पद भनेको अमेरिकाले मडुरोको अमेरिकामा रहेको सबै सम्पत्ति समेत रोक्का गर्ने जनाएको छ ।

अमेरिकी कम्पनी वा व्यवसायीलाई मडुरासँग कुनै पनि व्यापार व्यवसाय गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

तर राष्ट्रपति मडुरोले भने अमेरिकी प्रतिबन्धबाट आफू नडराउने बताएका छन् ।

जितसँगै राष्ट्रपति मडुरोलाई संविधान पुनर्लेखनको अधिकार प्राप्त भएको छ ।

विपक्षीहरुले सत्तामा मडुरोको पकड बलियो बनाउने अस्त्र भएको भन्दै मतदान वहिष्कार गरेका थिए । (एजेन्सी)