धनकुटा नगर कार्यपालिका उद्योग विकास शाखाले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा थपिएका २ सय ८८ उद्योगमा ७३ करोड ३ लाख ७४ हजार ३ सय ५० रुपैयाँ लगानी भएको हो ।
सो लगानी अघिल्लो आर्थिक वर्षको भन्दा झन्डै चौगुणाले बढी हो । अघिल्लो आर्थिक वर्षमा दर्ता भएका १ सय ७१ उद्योगमा १५ करोड २५ लाख २८ हजार रुपैयाँ लगानी भएको थियो ।
थपिएका उद्योगको वार्षिक उत्पादन क्षमता ८ अर्ब ३१ करोड ६ लाख ४७ हजार ८ सय ७५ रुपैयाँ रहेको कार्यालयका सूचना अधिकारी दिपेन्द्र अधिकारीले जानकारी दिए ।
सरकारले लघु उद्योग दर्ता गर्दा लाग्ने शुल्क नलिने निर्णय गरेसँगै कृषि तथा वनजन्य उद्योगमा अनुदानको कार्यक्रम ल्याएपछि उद्योग दर्ता गर्नेको संख्या बढेको हो ।









प्रतिक्रिया दिनुहोस्