६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


छिमेकी अरब मुलुकसँग कतारले वार्ता नगर्ने ! नाकाबन्दीविरुद्ध विश्व व्यापार संगठनमा उजुरी


0
Shares

उजुरीमा कतारले नाकाबन्दीबाट ती मुलुकले व्यापारिक बहिष्कार गरेको आरोप लगाएको छ । यो विवादकाबारे डब्ल्यूटिओले आवश्यक प्रक्रिया थाल्ने जनाइएको छ ।

साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्सले कतारलाई वार्तामा आउन आफ्ना १३ बुँदे माग पुरा गर्नुपर्ने दबाब दिएका थिए । तर डब्ल्यूटिओमा परेको उजुरीमार्फत सामान्य प्रक्रियाबाट ६० दिनभित्र कुनै समाधान ननिस्किएमा यो विवादलाई डब्ल्यूटिओका तर्फबाट नियुक्त गरिने प्यानलले हेर्नेछ ।

रोयटर्स समाचार एजेन्सीले डब्ल्यूटिओमा कतारले उजुरी दिएको समाचार प्रकाशित गरे पनि डब्ल्यूटिओका तर्फबाट यसको पुष्टि गरिएको छैन ।

साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकले ५ जुनमा कतारमाथि आतंकवादीलाई बढावा दिएको आरोपमा सम्बन्ध विच्छेद गरेका थिए । (एजेन्सी)