३० असार २०८२, सोमबार | Mon Jul 14 2025


पाकिस्तानको संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुँदैै


0
Shares

पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशंका गर्दै पद त्याग्न आदेश गरेपछि उनले राजीनामा दिएका थिए ।

पाकिस्तानी संसदले नयाँ प्रधानमन्त्री चयन गर्न मंगलबार (आज)को समय तोकेको हो । सत्तारुढ दलले पूर्वप्रधानमन्त्री सरिफकै भाई सब्बाजलाई सरिफको स्थानमा पहिला सांसदमा मनोनित गरी मंगलबार प्रधानमन्त्रीको लागि उम्मेदवार बनाइने घोषणा गरेको छ ।

उनले संसदको सदस्यमा निर्वाचित भएपछि मात्र प्रधानमन्त्रीका लागि उम्मेदवार हुने प्रावधान छ । त्यो प्रक्रिया पनि सुरु भइसकेको बताइएको छ ।

यस अन्तरिम अवधिका लागि भने सरिफकै पार्टी पाकिस्तान मुस्लिम लिगका तर्फबाट हालका तेलमन्त्री सइद खाक्वान अबासीलाई अन्तरिम प्रधानमन्त्री बनाइएको छ ।

प्रधानमन्त्रीका लागि संसद्मा सोमबार (हिजो) नै उम्मेदवारी दर्ता गरिसकिएको छ । त्यसपछि मंगलबार (आज) दिउसो ३ बजेका लागि प्रधानमन्त्रीको निर्वाचन हुने तालिका सचिवालयले बनाएको छ ।

मुलुकको सबैभन्दा धेरै जनसंख्या भएको पन्जाव प्रान्तको मुख्यमन्त्री रहेका भाई सरिफ प्रधानमन्त्री निर्वाचित हुने निश्चितजस्तै छ ।

अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा अनुसन्धान गर्दा दोषी ठहर गरेपछि गत शुक्रबार नै सरिफको पदमुक्तिको फैसला भएको हो । त्यस लगत्तै उनले राजिनामा दिएका थिए । रासस/एएफपी